२०८१ चैत २९ गते शुक्रवार / Apr 11 , 2025 , Friday
२०८१ चैत २९ गते शुक्रवार
Ads

रोहितको ९५ रनको मद्दतमा लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य

draupadi film
मध्यान्ह
२०८१ मंसिर २१ गते १४:५७
रोहितको ९५ रनको मद्दतमा लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई लुम्बिनी लायन्सले १७१ रनको विजयी लक्ष्य दिएको छ ।

कप्तान रोहितकुमार पौडेल र टम मूर्सले चौथो विकेटका लागि ११० रनको शतकीय साझेदारी गरेपछि लुम्बिनीले पोखरालाई १७१ रनको विजयी लक्ष्य दिएको हो ।

त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७० रन जोड्यो । लुम्बिनीका लागि कप्तान रोहितले ९५ रनको पारी खेले । शतकबाट मात्र ५ रन टाढा रहेका रोहितले ५९ बलमा १० चौका र ४ छक्का हिर्काए ।

टम मूर्सले ४५ रन जोडेको खेलमा सन्दीप जोरा १८ रनमा आउट भए । ओपनरद्धय आसुतोष घीरैया र उन्मक्त चन्द शून्य रनमै आउट भएपछि रोहित र मुर्स मिलेर पालीसम्हालेका थिए ।

बलिङमा पोखराका विपीन खत्रीले २ र म्याट क्रिट्ले एक विकेट लिए । योसँगै रोहित जारी एनपीएलमा सर्वाधिक व्यक्तीगत स्कोर बनाउने पहिलो खेलाडी बनेका छन् । 

यसअघि जनकपुरका लाहिरु मिलान्थाले ७५ रनको व्यक्तिगत स्कोर बनाएका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise