२०८२ साउन १ गते बिहिवार / Jul 17 , 2025 , Thursday
२०८२ साउन १ गते बिहिवार
Ads

लुम्बिनीविरुद्ध पोखराको कीर्तिमानी जित

shivam cement
मध्यान्ह
२०८१ मंसिर २१ गते १६:११
लुम्बिनीविरुद्ध पोखराको कीर्तिमानी जित

काठमाडौं : लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्सले १० विकेटको कीर्तिमानी जित हात पारेको छ । 

पोखरा एभेन्जर्सले शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा लुम्बिनी लायन्सलाई १० विकेटको फराकिलो अन्तरले हरायो । 

जारी एनपीएलमा कुनै पनि टोलीले विकेटका आधारमा हात पारेको यो नै सबैभन्दा ठूलो अन्तरको जित पनि हो ।

आन्द्रेस गौस र दिनेश खरेलले कीर्तिमानी साझेदारी गरेपछि पोखराले लुम्बिनीलाई १० विकेटले हरायो । लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पोखराले १६.५ ओभर खेल्दै १७६ रन बनाएर पूरा गर्‍यो ।

ADV

सम्बन्धित खबर

Advertise