२०८१ चैत २९ गते शुक्रवार / Apr 11 , 2025 , Friday
२०८१ चैत २९ गते शुक्रवार
Ads

दशौं राष्ट्रिय खेलकुद चैत २३ गतेदेखि

draupadi film
मध्यान्ह
२०८१ मंसिर २१ गते १९:३०
दशौं राष्ट्रिय खेलकुद चैत २३ गतेदेखि

काठमाडौं : दशौं राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रबार बसेको ११८औं बोर्ड बैठकले उक्त निर्णाय गरेको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिए ।

यसअघि राखेपले दशौं राष्ट्रिय खेलकुद गत मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमै गर्ने गरी प्रस्ताव गर्ने निर्णाय गरेको थियो । गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदको समापनका दिन २०७९ साल कात्तिक २ गते बसेको राखेपको ११५औं बोर्ड बैठकले उक्त मितिमा दशौं राष्ट्रिय खेलकुद कर्णालीमा गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise