२०८१ चैत २९ गते शुक्रवार / Apr 11 , 2025 , Friday
२०८१ चैत २९ गते शुक्रवार
Ads

गुलरियामा ब्याडमिन्टन प्रतियोगिता सुरु

draupadi film
मध्यान्ह
२०८१ मंसिर २१ गते २१:४२
गुलरियामा ब्याडमिन्टन प्रतियोगिता सुरु

बर्दिया : ‎बर्दियाको गुलरियामा मेयरकप खुला एवम् जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ ।

‎बर्दियामा ब्याडमिन्टन खेलको विकास गर्ने उद्देश्यका साथ गुलरिया नगर खेलकुद विकास समिति र गुलारिया नगर ब्याडमिन्टन संघले संयुक्त रुपमा प्रतियोगिताको आयोजनामा गरेका हुन् ।

‎गुलरिया नगरपालिका वडा नं. ४ स्थित कवर्डहलको ब्याटमिन्टन कोर्टमा सुरु भएको प्रतियोगितामा खुलातर्फको प्रतिस्पर्धा लागि बर्दियासहित दाङ, बाँके, सुर्खेत र कैलालीका गरी १३ टिम सहभागी भएका छन् भने र जिल्लास्तरीय प्रतिस्पर्धाका लागि ३२ टिम सहभागी भएको गुलरिया नगर खेलकुद विकास समितिका अध्यक्ष युवराज श्रेष्ठले बताए ।

‎प्रतियोगितामा खुलातर्फ प्रथम र द्वितीय हुने टिमलाई क्रमशः ५१ हजार र ३१ हजार नगद प्रदान गरिने छ भने जिल्लास्तरीय प्रतिस्पर्धातर्फ प्रथम र द्वितीय हुने टिमलाई क्रमश: २५ हजार र  १५ हजार रुपैया नगद प्रदान गरिने गुलारिया नगर ब्याडमिन्टन संघ का उपाध्यक्ष कैलाश श्रेष्ठले बताए ।

‎३ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्‌घाटन गुलरिया नगरपालिकाकी उप प्रमुख सावित्रा गौतमले गरेकी हुन् । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, शसस्त्र प्रहरी वल ३१ नं गण बर्दियाका एसपी चित्राङ्गत दहाल, जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी ऋषिराम धर्ती मगरलगायत  संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise