२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

बिहीबार कर्णाली प्रदेशसभामा जे देखियो...

ADV
मध्यान्ह
२०८१ असार ७ गते १०:२९
बिहीबार कर्णाली प्रदेशसभामा जे देखियो...

कर्णाली : कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको १५औँ बैठक बस्नुपूर्व बिहीबार प्रदेशसभा सदस्यहरु भवन परिसरमा एक आपसमा गफ गरिरहेका थिए । उनीहरुको गफ आर्थिक वर्ष २०८१/०८२ को विनियोजित बजेट र त्यसको सन्तुलन तथा समन्यायिकतामा केन्द्रित थियो ।

उनीहरू गफीइरहेका बेला सभाबैठक प्रारम्भ भएको जनाउ दिने घण्टी बज्यो, सबै प्रदेशसभा सदस्यहरू बैठककक्षमा प्रवेश गरे । त्यहाँ पुगेपछि मर्यादापालक महिला प्रहरीले सभामुख र सम्पूर्ण सभा सदस्यलाई सधैँझैँ अभिवादन गरे । राष्ट्रिय गान बज्यो । सबैले आफ्नै स्थानमा उभिएर राष्ट्रिय गान गाए । त्यसपश्चात् सबै आ–आफ्नो स्थानमा बसे । जब सभामुख नन्दा गुरुङले ‘अब बैठकको कारबाही प्रारम्भ हुन्छ’ भनिन्  तब प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरू चुपचाप एकाएक बाहिरिए । 

सभामुख गुरुङ र सत्तापक्षका प्रदेशसभा सदस्य उनीहरू बाहिरिएको टुलुटुलु हेरिरहे । बैठककक्षमा रहेका सदस्यले केही बेरसम्म मुखामुख गरिरहे । प्रतिपक्षी दलका सदस्य नै नभएपछि बैठक सञ्चालन हुने अवस्था रहेन । त्यसपछि बैठक सभामुखले बैठक स्थगन भएको घोषणा गरिन् । सभामुखका अनुसार प्रदेशसभाको अर्को बैठक असार १२ गते बुधबार दिउसो ३ः०० बस्नेछ ।

ADVADV

सम्बन्धित खबर

Advertise