२०८१ चैत २९ गते शुक्रवार / Apr 11 , 2025 , Friday
२०८१ चैत २९ गते शुक्रवार
Ads

चितवनले दियो सुदूरपश्चिमलाई १ सय ६५ रनको लक्ष्य

draupadi film
मध्यान्ह
२०८१ मंसिर २३ गते १४:४२
चितवनले दियो सुदूरपश्चिमलाई १ सय ६५ रनको लक्ष्य

काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई मध्यम लक्ष्य दिएको छ ।

आइतबारको दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै सुदूरपश्चिमलाई १ सय ६५ रनको लक्ष्य दिएको हो ।

चितवनका लागि ओपनर हसन इसाखिलले सर्वाधिक ६५ रन जोडे । उनले ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गरेका थिए । हसन स्कट कुगेलेनको बलमा नरेश बुढाऐबाट क्याच आउट भए ।

रवि बोपारा १८ बलमा २ चौका र २ छक्काको सहयोगमा ३६ रन बनाउँदै दिपेन्द्र सिंह ऐरीबाट अन्तिम ओभरमा आउट भए । कप्तान कुशल मल्लले १६ बलमा सहयोगमा १३ रन जोड्दै कुगेलेनको बलमा नै आउट भए । विकेकिपर विपिन रावल सेब जेबको बलमा १७ रन जोडेर आउट भए ।

सुदूरपश्चिमका लागि स्कट कुगेलेनले २ तथा सेफ जेब, दीपेन्द्रसिंह ऐरी र ब्रेन्डन मक्मलनले समान १-१ विकेट लिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise