२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

मन्त्रिपरिषद् बैठक बस्दै, ११ देशमा राजदूत नियुक्तिको तयारी

ADV
मध्यान्ह
२०८१ असार ७ गते १०:५८
मन्त्रिपरिषद् बैठक बस्दै, ११ देशमा राजदूत नियुक्तिको तयारी

काठमाडौं :  आज अपराह्न चार बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा चार बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको लागेको हो । 

आज बस्ने मन्त्रिपरिषद्को बैठकले ११ देशमा राजदूत नियुक्तिको तयारी गरेको छ ।  सत्तारुढ प्रमुख तीन दलले राजदूतको भागबन्डा टुंगो लगाएका छन् ।

बिहीबार साँझ सिंहदरबारमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री रवि लामिछानेबीचको छलफलले ११ देशको राजदूतमा भागबन्डा टुंग्याएको हो ।

छलफलमा एमालेले आठ, रास्वपाले दुई र नेकपा माओवादी केन्द्रले एक देशको राजदूत पाउने सहमति भएको बुझिएको छ । सत्ताधारी दल नेकपा (एकीकृत समाजवादी) लगायतलाई भागवण्डामा सामेल गराइएको छैन ।

गत जेठ २४गते बसेको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise