२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

रास्वपाले चियापान कार्यक्रम गर्दै,राजनीतिक दलका शीर्ष नेतासहित शुभेच्छुकहरूलाई आमन्त्रण

ADV
मध्यान्ह
२०८१ असार ७ गते ११:२०
रास्वपाले चियापान कार्यक्रम गर्दै,राजनीतिक दलका शीर्ष  नेतासहित शुभेच्छुकहरूलाई आमन्त्रण

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको दुई वर्ष पूरा गरेको छ । पार्टी स्थापना भएको छ महिना नबित्दै संसद्मा चौँथो दल बनेर उदाएको रास्वपाले पार्टी स्थापना दिवसका अवसरमा चियापान कार्यक्रम आयोजना गर्दैछ ।

दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म चियापान कार्यक्रम आयोजना हुने महामन्त्री मुकुल ढकालले जानकारी दिए । बालाजुस्थित पार्टी कार्यालयमा चियापान कार्यक्रम हुने उनले बताए । 

रास्पवाले चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख राजनीतिक दल, मन्त्रीहरू, सांसद, उच्च पदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख र शुभेच्छुकहरूलाई आमन्त्रण गरेको छ । 

रवि लामिछानेले आफू राजनीति लागेर देश र जनताको समृद्धिका लागि काम गर्ने भन्दै २०७९ असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको घोषणा गरेका थिए । 

रास्वपाले ०७९ को निर्वाचनमा प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नं. २, ६, ७ र ८, चितवन क्षेत्र नं. १ र २ सहित समानुपातिकतर्फ १४ सिट जितेको थियो । उपनिर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट समेत जितेपछि संसद्मा उपसभामुखसमेत २१ सिटसहित चौँथो दलका रुपमा छ । 

ADVADV

सम्बन्धित खबर

Advertise