२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

जनयुद्धमा अहिलेको भन्दा मेरो जीवन सरल थियो : प्रधानमन्त्री प्रचण्ड

ADV
मध्यान्ह
२०८१ असार ७ गते १२:०२
जनयुद्धमा अहिलेको भन्दा मेरो जीवन सरल थियो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको भन्दा जनयुद्धकालमा आफ्नो जीवन सरल भएको बताएका छन् ।

काठमाडौंमा शुक्रबार नेपाल बुद्धिजीवि संगठनले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले अहिलेको भन्दा जनयुद्धकालमा आफ्नो जीवन सरल भएको तर पनि आफ्नो सक्रियता कम नभएको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आफू जीवनको उत्तररार्द्धतिर लागे पनि रात दिन सक्रिय भएको बताए ।

प्रधानमन्त्री दाहालले नयाँले पुराना दलहरूलाई सम्मान नगरेको टिप्पणी गरे । उनले पार्टीहरूले दशकौंको संघर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको कुरालाई बिर्सिएर नयाँ दलहरूले पुराना दललाई अपमान गरिरहेको आरोप लगाए ।

पुराना राजनीतिक दलकै कारण आफू अहिले यो अवस्थामा आइपुगेको हुँ भन्ने हेक्का नयाँ राजनीतिक दलहरुले राख्न जरुरी रहेको उनले बताए ।

जनयुद्ध, जनआन्दोलनका उपलब्धि रक्षा गर्दै देशलाई समाजवादको बाटोमा डोहोर्‍याउन आफू सक्रिय रहेको प्रचण्डले बताए । त्यसका लागि कांग्रेस, एमाले सहितका दललाई मिलाउन संयोजनकारी भूमिका खेलेको उनको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise