२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

बोसिस्टोले ६ विकेट लिएपछि पोखरा १०३ रनमा अलआउट

ADV
मध्यान्ह
२०८१ मंसिर २५ गते १४:२३
बोसिस्टोले ६ विकेट लिएपछि पोखरा १०३ रनमा अलआउट

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको लक्ष्य दिएको छ । कर्णालीका अलराउण्डर विलियम बोसिस्टो एक्लैले ६ विकेट लिएपछि पोखरा १६.३ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमा समेटिएको हो । बोसिस्टोले पोखराविरुद्ध घातक बलिङ गर्दै ४ ओभरमा २८ रन खर्चेर ६ विकेट लिएका हुन् ।

पोखराका ओपनरद्वय दिनेश खरेल र आन्द्रियस गाउसले तीव्र गतिमा रन बनाउँदै ३.५ ओभरमा ४६ रन जोडेका थिए । गाउस १२ बलमा २५ रन जोड्दै आउट भए । उनले ४ चौका र १ छक्का प्रहार गरे । लगत्तै, खरेल पनि १९ बलमा २६ रन जोडेर पभेलियन फर्किए ।

रेमन राइफरले २६ बलमा २० तथा कप्तान कुशल भुर्तेलले ११ बलमा रन जोडे । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise