२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

अर्थमन्त्रीद्वारा गल्ती स्वीकार, हट्यो गण्डकी प्रदेश सभाको अवरोध

ADV
मध्यान्ह
२०८१ असार ७ गते १४:१२
अर्थमन्त्रीद्वारा गल्ती स्वीकार, हट्यो गण्डकी प्रदेश सभाको अवरोध

काठमाडौँ । गण्डकी प्रदेश सभा बैठकको अवरोध हटेको छ । प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङले आगामी आर्थिक वर्षका लागि पेस गरेको बजेट वक्तव्यमा भएको गल्ती स्वीकारेपछि अवरोध हटेको हो ।

प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नं. १३९ मा त्रुटि पाइएको थियो । अर्थमन्त्री गुरुङले मनसायरहित मानवीय त्रुटि स्वीकार गर्दै बजेट वक्तव्यमा भएको गल्ती आद्यवधिक गराएको ब्यहोरा शुक्रबारको प्रदेश सभा बैठकमा जानकारी गराएका थिए ।

अर्थमन्त्री गुरुङले ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट पेश गरेको भए पनि उक्त बजेटको स्रोतमा भने ३२ अर्ब ४८ करोड ७६ लाख रुपैयाँको मात्र हिसाब उल्लेख थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise