२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

युक्रेनका ११४ ड्रोन निष्क्रिय बनाएको रुसको दाबी

ADV
मध्यान्ह
२०८१ असार ७ गते १६:३९
युक्रेनका ११४ ड्रोन निष्क्रिय बनाएको रुसको दाबी

एजेन्सी : रुसले युक्रेनले रातारात प्रक्षेपण गरेको ११४ वटा ड्रोनलाई निष्क्रिय बनाएको तथा आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको रुसी अधिकारीले शुक्रबार बताएका छन् ।

रुसी हवाई हतियार प्रतिरक्षा प्रणालीले क्रिमिया र ब्ल्याक सी क्षेत्रमा ७० ड्रोन, क्रास्नोडार क्षेत्रमा ४३  ड्रोन र भोल्गोग्राडमा एक ड्रोनलाई रोकेर नष्ट गरेको रक्षा मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।

क्रास्नोडारमा, युज्नी रेल स्टेशन नजिकैको सैन्य सुविधामा ड्रोन प्रहार गर्दा पानी तातो पार्ने स्टेशनका एक कर्मचारीको मृत्यु भएको क्रास्नोडार क्षेत्रीय गभर्नर वेन्यामिन कोन्ड्रातयेभले टेलिग्राममा बताए । 

दुई वर्षभन्दा बढी समयदेखि रुसी आक्रमणसँग लडिरहेको युक्रेनले हालैका महिनामा ऊर्जास्थलहरुलाई लक्षित गर्दै रुसी क्षेत्रमा आक्रमण बढाएको छ ।

युक्रेनको ऊर्जा पूर्वाधारमा लक्षित रुसी मिसाइल र ड्रोन आक्रमणले देशको बिजुली उत्पादन क्षमतालाई कमजोर बनाएको किएभलाई युरोपेली संघबाट बिजुली आयात गर्न बाध्य पारेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise