२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

प्रमुख बालेनको गोलले प्रमुख–११ विजयी

ADV
मध्यान्ह
२०८१ मंसिर २७ गते १६:५९
प्रमुख बालेनको गोलले प्रमुख–११ विजयी

काठमाडौं–काठमाडौं महानगरपालिकाको ३० औं महानगर दिवसको अवसरमा बिहीबार आयोजित मैत्रीपूर्ण फुटबल खेलमा प्रमुख बालेन्द्र शाह (बालेन) ले उत्कृष्ट प्रदर्शन गर्दै एक गोल गरेका छन् ।

सैनिक मुख्यालय भद्रकालीको मैदानमा आयोजित खेलमा प्रमुख–११ को टोलीले प्रशासकीय अधिकृत–११ लाई ५–२ ले पराजित ग¥यो ।
खेलको दोस्रो हाफमा प्रमुख शाहले गरेको गोलले मैदानमा उत्साह थप्यो । उनको नेतृत्वमा जनप्रतिनिधिको टोलीले लगातार दबाब सिर्जना गर्दै जित हात पारेको थियो ।

खेलमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको नेतृत्वमा प्रशासकीय टोलीले पनि राम्रो प्रदर्शन गरे पनि जित हासिल गर्न सकेन ।
प्रमुख ११ तर्फबाट बालेनसहित सन्तोष ढुङ्गेल, नविन भण्डारी, विनय शाक्य, र अनुप मगरले १–१ गोल गरेका थिए। प्रशासकीय अधिकृत ११ का लागि राजु पौडेलले २ गोल गरेका थिए ।

महानगर दिवसलाई थप विशेष बनाउन शुक्रवार परम्परागत बाजा गुरु सम्मान, विद्यार्थीस्तरीय हाजिरीजवाफ प्रतियोगिता, र शिक्षकस्तरीय कविता वाचन प्रतियोगिताका विजेताहरूलाई सम्मान गरिनेछ ।

मंसिर २९ गते बिहान ८ बजे टुँडिखेलमा हुने औपचारिक कार्यक्रममा सांस्कृतिक झाँकी प्रदर्शन, मौलिक परिकारका स्टल, र विभिन्न वस्तुहरूको प्रदर्शनी हुनेछ । सांझ सांगीतिक प्रस्तुतीले दिवसको समापन हुनेछ ।

ADVADV

सम्बन्धित खबर

Advertise