एजेन्सी : दक्षिण कोरियाली चलचित्र द प्यारासाइट ले यो बर्षको ओस्कार जितेको छ । जोकर, द आइरिसम्यान, १९१७, वान्स अपन अ टाइम लगायतका चलचित्रलाई पछि पारेर प्यारासाइट उत्कृष्ट चलचित्रमा घोषित भएको हो ।
प्यारासाइटले उत्कृष्ट निर्देशक, ओर्जिनल स्क्रिन प्ले र विदेशी भाषातर्फको ओस्कार पनि हात पारेको छ । प्यारासाइट ओस्कारको मुख्य अवार्ड जित्ने पहिलो विदेशी चलचित्र हो । उत्कृष्ट अभिनेतातर्फ जोकरका जोओकिन फिनिक्सले अवार्ड जिते । अभिनेत्रीतर्फ रेने जेलवेगर जुडीबाट अवार्ड जितिन् ।
अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा तथा प्रथम महिला मेशेल ओबामाको निर्माण कम्पनीले बनाएको फ्याक्ट्री नामक वृतचित्रले वेष्ट डकुमेन्ट्री अवार्ड जितेको छ । त्यस्तै हलिउड अभिनेता ब्राड पिटुवन्स अपअन अ टाइम इन हलिउड’ का लागि सह अभिनेतातर्फ ओस्कार जितेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies