२०८१ चैत २८ गते बिहिवार / Apr 10 , 2025 , Thursday
२०८१ चैत २८ गते बिहिवार
Ads

विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य

draupadi film
मध्यान्ह
२०८१ मंसिर २८ गते १४:४८
विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको हो ।

विराटनगरका लागि बसिर अहमदले ६८, मार्टिन गुप्टिल ४५ र राजेश पुलामीले ३३ रन बनाए ।

लोकेश बम र स्कोट इडवार्ड शून्य रनमा आउट हुँदा दिपक बोहोरा ४ र निकोलस किर्टन ८ रनमा आउट भए ।

चितवनका रजन ढकालले दुई तथा सोहेल तनवीर, बासिल हमीद र कुशल मल्लले एक–एक विकेट लिए ।

ADV

सम्बन्धित खबर

Advertise