२०८१ चैत ३० गते शनिवार / Apr 12 , 2025 , Saturday
२०८१ चैत ३० गते शनिवार
Ads

पोखरा एभेन्जर्सविरुद्ध काठमाडौँ गुर्खाजको सानदार जित 

draupadi film
मध्यान्ह
२०८१ मंसिर २९ गते १२:१२
पोखरा एभेन्जर्सविरुद्ध काठमाडौँ गुर्खाजको सानदार जित 

काठमाडौं : काठमाडौँ गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ ।

इस्किनाजीले ६० रन बनाएपछि १३९ रनको लक्ष्य काठमाडौंले १४.१ ओभरमा ४ विकेट गुमाएर १४२ रन बनाउँदै पूरा गरेको हो ।

६ खेलमा तेस्रो जित हात पारेको काठमाडौँले प्लेअफ पुग्ने सम्भावना पनि कायम राखेको छ । ६ खेलबाट ६ अंक जोडेको काठमाडौँ चौथो स्थानमा उक्लेको छ । काठमाडौँका लागि माइकल लेभिटले ३२ रन बनाए । यस्तै भिम शार्कीले २२ रन बनाए ।

बलिङमा पोखराका विपिन खत्रीले ३ विकेट लिए । माइकल लिस्कले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानम टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाएको थियो ।

पोखराका लागि रेमोन रेइफरले अविजित रहँदै सर्वाधिक ४१ रन बनाए । यसैगरी ओपनर दिनेश खरेलले ३८ रन बनाए ।  यस्तै दिलिप नाथले  २७ रन बनाए ।

बलिङमा काठमाडौँका कप्तान करण केसी र रासिख खानले ३-३ विकेट लिए । जेर्राड एरसामस र माइकल लेभिटेले किफायती बलिङ गर्दै समान १ विकेट लिए । 

ADV

सम्बन्धित खबर

Advertise