इमरान खान/मध्यान्ह
कपिलवस्तु : कपिलवस्तु जिल्लाको मायादेवी गाँउपालिका वडा नम्बर २ मा एक बालिकाको करेन्ट लागेर मृत्यु भएको छ । मायादेवी गाँउपालिकाको गंगापुर (भैसकुन्डा) का बिजय कुमार पासीकी ६ वर्षीया छोरी कुसुम पासीको करेन्ट लागेर मृत्यु भएको हो ।
कुसुम स्थानीय श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत थिइन् । घरबाट विद्यालय जाने क्रममा स्थानीय मौलाना कायुम मुसलमानको निर्माणाधीन घरमा रहेको हेन्ड पम्पको हेन्डल छुँदा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
उक्त हेन्ड पम्पमा जडान रहेको विद्युतीय मोटरबाट करेन्ट पम्पमा सप्लाई भई करेन्ट लागेको अनुमान गरिए पनि आधिकारिक पुष्टी हुन सकेको छैन । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताइएको छ । सो घटनापछि उक्त गाउँ र ती बालिका पढ्ने विद्यालयमा शोक छाएको छ । ती बालिका पढ्ने विद्यालयले एक बिज्ञप्ति जारी गरी समबेदना व्यक्त गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies