२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

एमाले डोटीको अध्यक्षमा मलासी

draupadi film
मध्यान्ह
२०८१ पुष २ गते १३:५८
एमाले डोटीको अध्यक्षमा मलासी

डोटी : नेपाल कम्युनिष्ट पार्टी (एमाले)डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित भएकी छन् । 

सोमबार भएको मतदानको आज बिहान मत परिणाम सार्वजनिक भएको हो । निकटतम् प्रतिद्वन्द्वी शेरबहादुर मल्ललाई ४४ मत अन्तरले पराजित गर्दै मलासी निर्वाचित भएकी हुन् । मलासीले दुई सय १५ मत प्राप्त गरिन् भने उनका प्रतिद्वन्द्वी मल्लले एक सय ७१ मत प्राप्त गरे । 

त्यसैगरी उपाध्यक्षमा खगेन्द्र बडैला निर्वाचित भएका छन् । उपाध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको थियो । सचिवमा पदमराज भट्ट खुला उपसचिवमा डम्बरसिं डौडी र महिला उपसचिवमा बिस्ना सिंह निर्वाचित भएका छन् । एमाले डोटीको जिल्ला अधिवेशन पटक पटक सर्दै आएको थियो । 

ADV

सम्बन्धित खबर

Advertise