२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

नेकपा एसले गर्‍यो नेताहरूको कार्य विभाजन

draupadi film
मध्यान्ह
२०८१ पुष २ गते १६:३०
नेकपा एसले गर्‍यो नेताहरूको कार्य विभाजन

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको कार्य विभाजन प्रस्ताव पेश गरेको छ । 

पार्टीको महाधिवेशन सकिएको ५ महिनापछि स्थायी कमिटीको जारी बैठकमा लामो रस्साकस्सीपछि नेताहरूको कार्य विभाजन प्रस्ताव पेश भएको हो ।

तीन शीर्ष नेताको बलियो दाबी रहेको संगठन विभाग प्रमुख पूर्वमहासचिव बेदुराम भुसालले पाएका छन् । यो विभागमा महासचिव घनश्याम भुसाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको समेत दाबी थियो ।

अध्यक्ष माधवकुमार नेपालले बेदुरामलाई संगठन विभाग दिन लागेका हुन् । वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे मोर्चा संगठनको इन्चार्ज बन्ने भएका छन् । प्रचार विभाग प्रमुख प्रकाश ज्वाला प्रस्ताव गरिएका छन् । तर ज्वालाले पनि मोर्चा संगठनमा दाबी नछाडेका कारण यसको अन्तिम टुंगो भने लागेको छैन ।

सम्मानित नेता झलनाथ खनाल विदेश विभाग र स्कुल विभाग प्रमुखमा प्रमेश हमाल प्रस्ताव भएका छन् । त्यस्तै ७ वटा प्रदेशका इन्चार्ज पनि बैठकमा प्रस्ताव गरेको छ ।

प्रस्ताविक इन्चार्जमध्ये कोशीमा जगन्नाथ खतिवडा, मधेशमा धर्मनाथ साह, वागमतीमा डा. गंगालाल तुलाधर, गण्डकीमा श्रीनाथ बराल, लुम्बिनीमा सोमप्रसाद पाण्डे, कर्णालीमा चन्द्रबहादुर शाही र सुदूरपश्चिममा भानुभक्त जोशी छन् ।

महासचिव घनश्याम भुसालले प्रस्ताव गरेको कार्य विभाजन प्रस्तावमा अध्यक्ष माधव नेपालले व्यापक हेरफेर गरेका कारण नेताहरूबीच अझै सहमति बन्न नसकेको बताइएको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise