-सूर्य खड्का
बाजा बजाएर आउदैन, कुनै पनि संकट, दैवि वा प्रकृत्तिक विपत्ति । आकस्मिक रुपमा आईलाग्ने कुनै पनि संकटको सामना गर्न साहस, धैर्यता र तत्परता अपरीहार्य हुन्छ । संकटको कारण खोज्न जाँगर गर्नुपर्छ, मूल्य चुकाउन तयार हुनुपर्छ । अनि संकट आफैंमा एउटा अवसर बन्न सक्छ । अवसरले नयाँ उज्जयालो संभावना देखाउछ । त्यही उज्यालोमा जीवन आफै डोरिदै जादा सफलता हासिल हुन्छ ।
वर्षारम्भ सन् २०२० को पूर्व सन्धयामा अनायाशै बिपक्ति आईलाग्यो उत्तरी छिमेकी साम्यवादी जनगणतन्त्र चीनलाई । वुहान, हुवे प्रान्तमा एककासी देखा परयो, कोरोना भाईरसको संक्रमण । संक्रमण देखियो एक्कासी । अनि फैलिन थाल्यो चौतर्फी । सुरुमा अनियन्त्रित गतिमा जस्तै आक्रामक देखियो संक्रमण ।
डिसेम्वर अन्तिम साताबाट सुरु भाईरस जनवरी महिनाभर आक्रामक नै देखियो । जनधनको क्षती सोचे भन्दा केही ज्यादा भयो । मानिसहरुमा एकप्रकारको त्रास र भयले बढी सतायो ।
सामान्य जीवन रेखामा आर्थिक लगायतका सबैखाले प्रगतिको पथमा लम्किदै विश्वकै प्रमुख राष्ट्र बन्ने दौडमा रहेको चीनलाई कोरोना भाईरसले ठेस लगायो । नयाँ वर्षमा चिनियाँहरु रम्न, जम्न र उमंगका साथ आआफ्नो घर परिवारमा समय बिताउदा पनि कोरोना भाईरसको संक्रमण बढ्ने चीनताले ग्रसित भए ।
तर यो दुर्दिन धेरै दिन बढोत्तरी गतिमा रहेन । चीनको केन्द्रीय सरकारले नै सम्भाव्य सबै उपाय परिचालन गरेर कोरोना भाईरसको संक्रमण नियन्त्रणमा लिने हर सम्भव उपायको खोजी गरयो । त्यसैले जनवरीसम्म निकै फैलिन खोजेको कोरोनाको संक्रमण फेब्रुअरीसम्म आईपुग्दा कम हुदै गयो । र, अहिले मध्य फ्रेबुअरीसम्म आईपुग्दा त नियन्त्रण नजिक आईसकेको छ । मानवीय गल्तीको उपज थिएन, शायद चीनको हुबेबाट सुरु भएको कोरोना संक्रमण । तरै पनि मानव जीवनकै लागि घातक सिद्ध यो संक्रमण रोक्न चिनियाँहरु बढी नै खटे, खटिरहे ।
त्यसैले चीनले यस संक्रमणको रुट पत्ता लगाउन निकै आक्रामक पहल थाल्यो सिंगो राज्यशक्तिका सबै अंगहरुलाई परिचालन गरेर । सुरुमा यसलाई भयावह आतंक होईन भनेर सरकारले आफ्ना जनतालाई आश्वस्त बनायो । जनता र सरकार वीचको अविश्वास घट्यो, हट्यो । धेरै खाले सञ्चार माद्यम र सामाजिक संजालहरु मार्फत रोगको बारेमा सही समयमा ,सही सूचना दियो । आफ्ना नागरिकहरुलाई राज्यले रोग नियन्त्रण गर्दैछ भन्नेमा पहिला विश्वस्त तुल्यायो । अनि साथमा जारी राख्यो रोग नियन्त्रणको चौतर्फी पहल पनि ।
संक्रमित नागरिकहरुको छिटो भन्दा छिटो उद्धार र उपचारमा पनि चीन सरकारले उत्तिकै ध्यान दियो । रातदिन नभनी स्वास्थयकर्मीहरु खटे बिरामीको उपचारमा । संक्रमितहरुलाई फैलिन नदिन उसले युद्धस्तरमा उपचार पद्धति अपनायो । एक सातामा उसले संक्रमितहरुको उपचारका लागि नयाँ अस्पताल नै बनायो ।
चिनियाँहरु संकटको सामना गर्न र संकटलाई अवसरका रुपमा सदुपयोग गर्न सक्षम छन मात्रै होईन, अवसर पाए चमत्कार गर्छन भन्ने कुरा उनीहरुले हजारौं बिमारीको उपचार गर्न एक सातामा भव्य अस्पताल बनाएर प्रमाणित गरिदिए । साताभित्रै तयार अस्पतालले धेरै बिरामीको ज्यान जोगाउन बरदानको काम गरयो ।
राष्ट्रपति सि जिनपिंग आफैंले पनि रोग नियन्त्रणमा भैरहेका प्रयाशहरुबारे प्रत्यक्ष खटेर जानकारीहरु लिए, आफूले दिनुपर्ने आवश्यक निर्देशनहरु दिए । यसले उपचारमा अहोरात्र खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कर्मथलो खटिन अरु उर्जा थप्यो । बिरमारीहरुमा सरकार हामीसंगै छ भन्ने आत्माविश्वास थप्यो । आखिर फ्रेबुअरीको अन्तिमतिर आईसक्दा चीनको बुहान हुबेबाट जन्मेको कोरोना भाईरस अब नियन्त्रणमा नै आउन मोडमा पुगिसकेको छ ।
अहिले चीन व्यापक जनपरिचालन र सरकारी अग्रसरताको सामुहिक उपज स्वरुप तंग्रिदै छ, पूर्ववत सामान्य जनजीवनमा फर्कदैछ, दिनप्रतिदिन । भाईरसको कारण र समाधानम चीन सफलता नजिक छ, त्यसैले चिनियाँ जनताको जीवनमा खतरा लगभग दुर भएको छ । फेरि चिनियाँहरु पूर्ववत खुसीमा फर्कन पाउदैछन । चीनको भाईरसरुपी बिपक्ति अब हुदैछ अन्त्य । यही हो, आकस्मिक संकटका वीच चिनियाँलाई मिलेको पछिल्लो खुसी । भाईरसमाथि जित्ने चीन सरकार र जनताको यही प्रयाशलाई यसै कारण बधाई , शभकामना भन्दा अतिशयोक्ति हुदैन नै ।
चीनबाट सुरु भएर बाँकी विश्वमा पनि पुग्न पाउदा नपाउदै रोग नियन्त्रणका लागि विश्वव्यापी प्रयाशरु भैरहेका छन । विश्वभरीका सरकारहरु मानव जातीकै साझा दुश्मन बनेको यो संक्रमणका विरुद्धमा उत्रेका छन । विश्व स्वास्थय संगठन चीन लगायतका सबै देशका सरकारहरुसंग मिलेर रोग विरुद्धका काममा जुटेको छ । यो संसारभरकै मानव जातीका लागि सुखद कुरा हो ।
नेपाल जस्ता मुलुकमा यो संक्रमण नआउदै टर्न सक्यो भने ज्यादै सुखद हुनेछ । चीनमा अध्ययनरत विद्यार्थीहरुलाई ढिलो उद्धार गरे पनि ती सबै सुरक्षित रहनु नेपालका लागि सुखद पक्ष हो । चीनको बिपत्ति सामना गर्ने शैलीबाट नेपालले पनि धेरै पाठ समयमा सिक्न सके भोलिका दिनमा आईपर्ने संकटबाट मुक्ति लिन सजिलो हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies