काठमाडौँ : लोकतान्त्रिक समाजवादी पार्टीले ८ केन्द्रीय सदस्य थप गरेको छ। अध्यक्ष महन्थ ठाकुरले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।
मनोनीत हुनेमा सप्तरीका श्याम सरदार, सिरहाका जीवछप्रसाद यादव, धनुषाका सुनिलकुमार यादव, सर्लाहीका जगत महरा, रौतहटका रामप्रवेश दास तत्मा, बाराकी मञ्जु कार्की, कञ्चनपुरका भोगादेवी राणा थारु र कास्कीका रवीन्द्र सुनार रहेका छन् ।
योसँगै लोसपाको केन्द्रीय समिति ३५५ सदस्यीय बनेको छ ।