२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

श्रवण शक्ति कमजोर भएका १ सय ९२ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण

shivam cement
सूर्यप्रसाद भुसाल
२०८१ पुष ६ गते १९:५५
Shares
श्रवण शक्ति कमजोर भएका १ सय ९२ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण

अर्घाखाँची : लुम्बिनी प्रदेशमै पहिलो पटक अर्घाखाँचीको पाणिनी गाउँपालिकामा विपन्न जेष्ठ नागरिकका लागि श्रवण शक्ति परीक्षण शिविर सम्पन्न भएको छ । कानले सुन्न छाडेर चिन्तित बनेका वृद्धवृद्धाहरु गाउँमै उपचार शिविर सञ्चालन भएपछि खुशी भएका छन् ।

कान नसुन्ने वृद्धवृद्धा तथा विपन्न नागरिकलाई लक्षित गरी श्रवण शक्ति परीक्षण शिविर तथा हेयरिङ्ग मेसिन वितरण कार्यक्रम तथा अटिजमका बिरामीलाई निःशुल्क परामर्श सेवा सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले बताए ।

नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर सुशन शाक्य, डाक्टर विद्वान भुसाल लगायतको स्वास्थ्यकर्मीको टीमले बिरामीको चेकजाँच गरेका थिए । शिविर कान नसुन्ने, वृद्धवृद्धा र विपन्न नागरिकलाई लाभदायक रहेको र प्रत्यक्ष फाइदाजनक भएको गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले जानकारी दिए ।

पाणिनी गाउँपालिकाको सहयोगमा श्रवण हेयरिङ्ग एण्ड चाईल्ड केयर सेन्टरको आयोजनामा सञ्चालन गरिएको शिविरको एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूमीश्वर ढकालले पानसमा दीप प्रज्वलन गरी उद्धाटन गरेका थिए ।

स्वास्थ्य शिविरले कानको श्रवण शक्ति गुमाएका वृृद्धवृद्धाहरुलाई ठूलो सहयोग पुग्ने बताउँदै नागरिकलाई निरोगी र स्वस्थ बनाउन विभिन्न कार्यक्रमहरु प्रदेश सरकारले गर्दै आएको बताए ।

भौतिक पूर्वाधार विकास समितिका सभापति तथा प्रदेश सांसद रामजी प्रसाद घिमिरेले शिविरबाट फाइदा दिन सबैलाई आग्रह गर्दै यस्ता खालका जनताले प्रत्यक्ष लाभ पाउने कार्यक्रमहरु सञ्चालन गर्न सबै सरकारहरु लाग्नुपर्ने बताए । 

शिविरको उद्धाटन समारोहमा गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेको स्वागत मन्तव्य र राम प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो । शिविरमा १ सय ९२ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएकोमा ६० जना बिरामीलाई यन्त्र प्रयोग गर्न आवश्यक देखिएको र अन्य बिरामीको स्वास्थ्य परीक्षण गरिएको संस्थाका प्रमुख बिष्णु प्रसाद भुसालले बताए । श्रवण शक्ति कमजोर भएका जेष्ठ नागरिक विपन्न परिवारको कान घाँटीको परीक्षण गरी आवश्यक उपचारको व्यवस्था गाउँपालिकाले मिलाएपछि आफुहरुले उपचार गाउँमै पाउँदा खुसी लागेको पाणिनी २ का कृष्णप्रसाद गौतमले बताए । 

पाणिनी गाउँपालिकाभित्र रहेका १ सय ९२  जना बिरामीको  यस वर्ष  श्रवण स्वास्थ्य शिविर आयोजना गरी उपचार गरिएको  र  अन्य बिरामीको पुनः शिविर गरी गाउँपालिकाले उपचार गर्ने प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।

पाणिनी गाउँपालिकाका जेष्ठ नागरिकहरुको सरसल्लाह अनुसार  गाउँपालिका भित्रका नागरिक र जनप्रतिनिधि कर्मचारी बीचको  सम्बन्ध प्रगाढ बनाउन सामाजिक उत्तरदायित्व अन्तर्गत शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले बताए ।

सम्बन्धित खबर