२०८१ पुष ७ गते आइतवार / Dec 22 , 2024 , Sunday
२०८१ पुष ७ गते आइतवार

एनपीएलमा नश्लीय र साम्प्रदायिक व्यवहार देखाउनेलाई कारबाही गर्न मधेशी आयोगको माग

ADV
मध्यान्ह
२०८१ पुष ७ गते १५:५८
एनपीएलमा नश्लीय र साम्प्रदायिक व्यवहार देखाउनेलाई कारबाही गर्न मधेशी आयोगको माग

काठमाडौं : मधेशी आयोगले नेपाल प्रिमियर लिग (एनपीएल) मा नश्लीय र साम्प्रदायिक व्यवहार देखाउने उद्दण्ड र अराजक समूहलाई कारबाही  गर्न सरकारलाई सिफारिस गरेको छ । 

आयोगले एनपीएलको क्वालिफायर–२ अन्तर्गत जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेलमा उद्दण्ड र अराजक समूहद्वारा जनकपुर बोल्ट्सप्रति नश्लीय र साम्प्रदायिक व्यवहार देखाएको जनाएको छ । 

‘विभिन्न प्रकारका सञ्चार माध्यमबाट प्रस्टिएकाहरूमाथि राज्यका जिम्मेवारीमा बसेका सुरक्षा निकायहरूले कुनै पनि कारबाही नगर्नु अशोभनीय रहेको र जिम्मेवारी बोध नभएको देखिन्छ,’ आयोगले आइतवार विज्ञप्ति जाी गर्दै भनेको छ । संविधान, ऐन र कानुनले सबै सामाजिक रीतिरिवाजलाई प्रतिबिम्ब गरेपनि सोच र व्यवहारमा भने परिवर्तन हुन नसकेको आयोगले जनाएको छ ।

‘कुनै पनि देशको संविधान, ऐन, कानुनले त्यो मुलुकको सभ्यता, संस्कृति, प्रथा, परम्परा, सोच, व्यवहार र सामाजिक रितिरिवाज समेतलाई प्रतिबिम्बित गरेको हुन्छ । संविधान, ऐन, कानूनले विभेद, गलत रीतिरिवाज, छुवाछूतविरुद्ध कानुनी रूपमा दण्ड सजायको व्यवस्था गरेको छ । तर, सो कानुनी व्यवस्थाको बावजूद पनि यस्ता विभेदकारी सोच र व्यवहार व्यवहारिक रूपमा विद्यमान नै रहेको देखिन्छ,’ आयोगले भनेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise