२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

माओवादीले माग्यो लेखा समिति सभापतिको राजीनामा

Nada
२०८१ पुष ८ गते १५:०६
Shares
माओवादीले माग्यो लेखा समिति सभापतिको राजीनामा

काठमाडौँ : नेकपा माओवादी केन्द्रले लेखा समिति सभापतिको राजीनामा मागेको छ । सोमबार सिंहदरबारमा बसेको लेखा समिति सभापतिको बैठकमा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका हुन् । 

ncell

सोमबार समितिको बैठकमा बोल्दै सांसद मोदीले लेखा समितिलाई सक्रिय र प्रभावकारी बनाउनका लागि समेत सत्ता पक्षको नेतृत्व लेखा समितिमा हुन नहुने बताए ।

‘चेक एन्ड ब्यालेन्सको कुरा छ । लेखा समितिको सभापति प्रतिपक्षीको हुने अभ्यास छ,’ सांसद मोदीले भने, ‘तपाईँ आफैँ सरकारको नेतृत्वकर्ता दलको हुनुहुन्छ । सरकारको छाया यो समितिमा परेको भनेर प्रश्न पनि उठिरहेको छ । यसकारण यहाँले मार्गप्रशस्त गरेको राम्रो हुन्छ ।’

विगतका कतिपय गलत अभ्यासलाई देखाएर गलत अभ्यासलाई नै निरन्तरता दिन राम्रो नहुने उल्लेख गर्दै उनले दोहर्‍याए, ‘लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षीलाई दिँदा राम्रो हुन्छ ।’

सांसद मोदीले सभापति पोखरेलले मार्ग प्रशस्त गरेर चेक एण्ड ब्यालेन्स गर्नुपर्ने बताए ।  

सम्बन्धित खबर