२०८१ पुष ८ गते सोमवार / Dec 23 , 2024 , Monday
२०८१ पुष ८ गते सोमवार

रवि लामिछानेलाई निलम्बन नगर्न रास्वपाको आग्रह

ADV
मध्यान्ह
२०८१ पुष ८ गते १५:१५
रवि लामिछानेलाई निलम्बन नगर्न रास्वपाको आग्रह

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न रास्वपाका सांसदले सभामुखलाई आग्रह गरेका छन् । 

सभामुख देवराज घिमिरेलाई सोमबार सिंहदरवारमा भेटेर रास्वपाका सांसदहरू सन्तोष परियार, सोबिता गौतम र गणेश पराजुलीले निलम्बन नगर्न आग्रह गरेका हुन् ।

जवाफमा सभामुख घिमिरेले यसबारे आफूहरु छलफलमा रहेको भन्दै संविधान, कानुन र संसद नियमावली हेरेर निर्णय गर्ने बताएका थिए ।

रास्वपा नेताहरूले कांग्रेसका तत्कालीन सांसद टेकबहादुर गुरुङको मुद्दाको उदाहरण दिँदै रविलाई निलम्बन गर्न नमिल्ने तर्क गरेका थिए । विशेष अदालतले गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेपछि उनी संसदबाट निलम्वित भएको सूचना जारी गरेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise