२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

डिपी अर्यालले पाए रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी  

draupadi film
मध्यान्ह
२०८१ पुष ८ गते १७:२३
डिपी अर्यालले पाए रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी  

काठमाडौँ :  डोलप्रसाद (डिपी) अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहक सभापति बनेका छन् ।उपसभापति अर्याललाई सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो ।

रास्वपाको विधानमा ज्येष्ठ उपसभापति वा पार्टी सभापतिले तोकेको उपसभापति कार्यवाहक सभापति बन्ने व्यवस्था छ । उपसभापति अर्यालभन्दा अर्का उपसभापति स्वर्णिम वाग्ले ज्येष्ठ हुन् । तथापि सभापति लामिछानेले अर्याललाई नै कार्यवाहक तोक्ने सिफारिस गरेका छन् ।

रास्वपा सभापति रवि लामिछानेविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगीलगायत चार कसुरमा मुद्दा दर्ता भएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise