२०८१ पुष ९ गते मङ्गलवार / Dec 24 , 2024 , Tuesday
२०८१ पुष ९ गते मङ्गलवार

‘शीर्षस्थ नेताहरूको योगदानलाई बिर्सिए पार्टी समाप्त हुन्छ’

ADV
मध्यान्ह
२०८१ पुष ८ गते २०:४४
‘शीर्षस्थ नेताहरूको योगदानलाई बिर्सिए पार्टी समाप्त हुन्छ’

काठमाडौं : नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई नेपाली इतिहासको एक तिलस्मी पात्र भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । भट्टराईको १०१ औं जन्मजयन्(तीको अवसरमा सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा वक्ताहरुले सद्गुणले भरिएका भट्टराई महान् राष्ट्रवादी चिन्तक भएको बताए ।

शालीन व्यक्तित्वसहित दार्शनिक तथा आध्यात्मिक चेत भएका भट्टराईमा अदम्य साहस तथा दृढ इच्छाशक्ति रहेको उनीहरूको टिप्पणी थियो । भ्रष्टाचार विरोधी एवं निष्ठाको राजनीतिमा सबैभन्दा अब्बल सावित भएका भट्टराईको विचारलाई कांग्रेसले अनुशरण गर्न नसकेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले शीर्षस्थ नेताहरूको योगदानलाई बिर्सिए पार्टी समाप्त हुने बताए । कांग्रेसमा उच्च योगदान दिएका शीर्ष नेताहरूको योगदानको वस्तुनिष्ठ समीक्षा हुन नसकेको नेता कोइरालाको भनाइ थियो । उनले ठोस अध्ययन अनुसन्धान गरी शीर्ष नेताहरूको योगदान उजागर गर्नु आजको पहिलो आवश्यकता भएको बताए । भट्टराईबारे अध्ययन अनुसन्धान गरेका इतिहासविद् प्राध्यापक डाक्टर राजेश गौतमले दुवै पटक नचाहँदा नचाहँदै भट्टराई देशको प्रधानमन्त्री बन्नु भएको प्रसंग उल्लेख गरे । 

‘पहिलो पटक लौह पुरुष गणेशमान सिंहको करबल तथा दोस्रो पटक पार्टी नेतृत्वप्रतिको चरम असन्तुष्टि चिर्न भट्टराईलाई प्रधानमन्त्री बनाइएको हो’ स्वयं भट्टराईसँगको संवाद स्मरण गर्दै गौतमले भने । आफूले अपमान सहेर भएपनि भट्टराईले पार्टीको आदर्शलाई जीवन्त राखेको उनले बताए । भट्टराईलाई पटक–पटक चुनाव हराउन देशीविदेशी शक्ति नै लागेको भन्दै गौतमले पछि त्यसप्रति विदेशी शक्ति (तत्कालीन भारतीय राजदूत)ले माफी मागेको प्रसंग उनले सुनाए । 

गलत ढंगबाट मुलुकमा राजतन्त्रको अन्त्य भएकोमा भट्टराई असन्तुष्ट रहनु भएको गौतमको भनाइ थियो । इतिहासविद् डाक्टर रमेश ढुंगेलले भट्टराईले सबै प्रकारका सफलता असफलतालाई ‘परमात्माको इच्छा’को संज्ञा दिने गरेको स्मरण गरे । मुलुक सोच्दै नसोची गणतन्त्रमा गएकोमा भट्टराईमा तीव्र असन्तुष्टि रहेको ढुंगेलले बताए । विभिन्न प्रतिकूलताका बाबजुद समयमै २०४७ सालको संविधान जारी गरी भट्टराईले ‘असम्भवलाई सम्भव’ पार्ने काम गरेको उनको भनाइ थियो । भट्टराई जस्ता महान् नेताहरूको सिद्धान्त अनुशरण गर्न नसकेकाले नै मुलुकले अहिले दुर्गतिको सामना गर्नु परेको ढुंगेलले बताए । सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रका अध्यक्ष एवं कांग्रेस नेता लोकेश ढकालले केन्द्रका गतिविधिबारे प्रकाश पार्दै पार्टी नेतृत्वले भट्टराई लगायतका नेताको योगदानलाई स्मरण गर्न नसकेको टिप्पणी गरे ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise