२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

संविधान संशोधनको प्रक्रिया अघि बढ्छ : गृहमन्त्री

draupadi film
मध्यान्ह
२०८१ पुष ९ गते १८:५६
संविधान संशोधनको प्रक्रिया अघि बढ्छ : गृहमन्त्री

काठमाडौं : गृहमन्त्री रमेश लेखकले कांग्रेस र नेकपा एमालेको कार्यदल बनाएर संविधान संशोधनको छलफलको प्रक्रियालाई प्रारम्भ गर्ने बताएका छन् । 

काठमाडौंमा मंगलवार भएको कार्यक्रममा गृहमन्त्री लेखकले सरकारले संविधान संशोधन गर्न आवश्यक गृहकार्य अघि बढाइसकेको भन्दै छिटै दुई दलीय कार्यदल बनाएर छलफल सुरु गर्ने बताएका हुन् । उनले संविधान संशोधनका लागि राष्ट्रिय सहमति बनाउने जिकिर गरे ।

संविधानको समीक्षाका साथै विषयवस्तुको पहिचान गरेर संशोधनको प्रक्रिया अघि बढाइने उनको भनाइ छ । गृहमन्त्री लेखकले संविधान संशोधनका लागि भने केही समय लाग्ने बताए । 

उनले समावेशितालाई कमजोर गर्न नभई थप सुदृढ बनाउनका लागि संविधान संशोधन गरिने प्रतिवद्धता जनाए ।

लेखकले संविधानको भावना अनुसारको कानुन बन्न नसकेकाले दलित समुदायको अधिकार प्रत्याभूत हुन नसकेको उल्लेख गरे । दलित समुदायको अधिकार स्थापित गर्नका लागि थप कानुन निर्माण गर्ने उनको भनाइ । 
 

ADV

सम्बन्धित खबर

Advertise