२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

जसपा नेपालद्वारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता

ADV
मध्यान्ह
२०८१ असार ९ गते १०:३१
जसपा नेपालद्वारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ : जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आज विज्ञप्ति जारी गर्दै समर्थन फिर्ता लिएको जानकारी गराएकी हुन् । 

यसअघि गत जेठ ५ गते बसेको पार्टीको लुम्बिनी प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । जनता समाजवादी पार्टी नेपालले आजका मिति देखि नै प्रतिपक्ष दलको भूमिकामा बस्ने निर्णय भएको बिज्ञप्तिमा उल्लेख छ।

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका जोखबहादुर महरा मुख्यमन्त्री छन् । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसद भए पुग्छ ।मुख्यमन्त्री महरालाई एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ४ जसपाका २, एकीकृत समाजवादीका एक र एक जना स्वतन्त्र सांसद गरी ४७ जनाको समर्थन कायम छ । 

ADVADV

सम्बन्धित खबर

Advertise