२०८१ पुष १० गते बुधवार / Dec 25 , 2024 , Wednesday
२०८१ पुष १० गते बुधवार
Ads

एस प्रवेशमा उचालिए वामदेवका खुट्टा

ADV
मध्यान्ह
२०८१ पुष १० गते ०६:३५
एस प्रवेशमा उचालिए वामदेवका खुट्टा

काठमाडौं : नेकपा विभाजनपछि ‘नेकपा एकता राष्ट्रिय अभियान’का नाममा निष्क्रियप्रायः बसेका वामदेव गौतम अहिले नेकपा (एकीकृत समाजवादी)मा प्रवेशका लागि प्रयासरत छन् ।

नेकपा एसको भर्खरै सम्पन्न स्थायी कमिटी बैठकपछि उनी अध्यक्ष मात्रवकुमार नेपालसँग निरन्तर छलफलमा छन् । छलफलले कुनै ठोस निष्कर्ष निकालिसकेको छैन तर वामदेवले भने अभियानका तर्फबाट वार्ताका लागि ३ सदस्यीय समिति नै बनाइसकेका छन् ।

अभियानका महासचिव डी. बी. कार्कीको नेतृत्वमा ३ सदस्यीय वार्ता समिति बनाएको हो । महासचिव कार्कीका अनुसार कार्कीकै नेतृत्वमा सचिव भगवती विष्ट र स्थायी कमिटी सदस्य लोकनाथ धमला रहेको वार्ता समिति बनाइएको छ ।

नेपालका सबै कम्युनिस्ट पार्टीलाई एक बनाउने अभियान घोषणा गरेका वामदेवले एकताको पहिलो प्रयास नेकपा एससँग गरेका छन् । गौतम निकट स्रोतका अनुसार वार्ता समितिले पार्टी एकताको सैद्धान्तिक–राजनीतिक र संगठनात्मक एकीकरणको विषय टुंग्याउने छ ।

नेकपा एसले भने यस पिषयमा कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

भूमिकाबारे अस्पष्टता

वामदेव गौतमलाई पार्टीमा भित्र्याउँदा उनको पार्टीभित्रको हैसियत के ? भन्ने प्रश्न पनि उठ्न थालेको छ । राजनीतिक हिसाबले र नेपाली कम्युनिस्ट आन्दोलनका अग्रणीका आधारमा पनि गौतमको हैसियत पार्टीमा अहिले जिम्मेवारीमा रहेका धेरैको भन्दा माथि हुनुपर्ने आँकलन धेरैको छ । यद्यपि, ‘एकता’का नाममा उनको नेकपा एस प्रवेशलाई सो पार्टीले कसरी सम्बोधन गर्छ भन्ने चासो आमजनमा छ ।

यसैबीच पार्टीका विभाग र इन्चार्जको जिम्मेवारी महाधिवेशनको ५ महिनापछि भर्खर मात्र टुंग्याएको नेकपा एसको जिम्मेवारी विभाजनमा सम्मानित नेता झलनाथ खनालले असन्तुष्टि जनाएका छन् । उनले आफू बिरामी भई आराम गरिरहेको समयमा बैठक राखी जिम्मेवारी बाँडफाँट टुंग्याएको भन्दै त्यसप्रति घुमाउरो असन्तुष्टि व्यक्त गरेका हुन् ।

यही बेला वामलेव गौतमलाई पार्टीमा भित्र्याउँदा खनाल(लगायतका बरिष्ठ नेताहरूको प्रतिक्रिया के हुन्छ ? भनेर पनि राजनीतिक वृत्तमा चासो छ ।

अहिले वामदेवलाई पार्टीमा भित्र्याउँदाको धेरै ठूलो लाभ नेकपा एसलाई नदेखिए पनि आगामी निर्वाचनमा केही मत बढ्न सक्ने आँकलन नेकपा एसको हुन सक्ने एक राजनीतिक विश्लेषकको मत छ । उनी भन्छन्, ‘खासमा वामदेवले टाउको देखाउने ठाउँ नपाएपछि नेकपा एसमै भए पनि भित्रिने प्रयास गरेका हुन् । यसबाट नेकपा एसलाई तत्काल कुनै लाभ छैन तर आगामी निर्वाचनमा केही हजार मत भने बढ्न सक्छ ।’

ADVADV

सम्बन्धित खबर

Advertise