२०८२ वैशाख १० गते बुधवार / Apr 23 , 2025 , Wednesday
२०८२ वैशाख १० गते बुधवार
Ads

फणीन्द्र देवकोटाको मुद्दा न्यायाधीश राउतको इजलासमा

draupadi film
मध्यान्ह
२०८१ असार ९ गते ११:४३
फणीन्द्र देवकोटाको मुद्दा न्यायाधीश राउतको इजलासमा

काठमाडौँ । गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको छ । उनले आफूमाथि कारबाही गरिएको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । 

देवकोटालाई माओवादी केन्द्रले आफ्नो सांसद भएको दाबी गर्दै कारबाही गरेको थियो ।  सांसद देवकोटाले गण्डकी प्रदेशमा माओबादी केन्द्रको ह्विपभन्दा बाहिर गएर मुख्यमन्त्री सुरेन्द्र पाण्डेको पक्षमा विश्वासको मत दिएका थिए ।

गोरखाबाट माओवादीको निर्वाचन चिह्नबाट निर्वाचित भएका देवकोटाले भने आफूलाई स्वतन्त्र सांसद भन्दै आएका छन् । बाबुराम भट्टराई नेतृत्वको दल नेपाल समाजवादी पार्टीमा आफू आबद्ध भएकाले स्वतन्त्र सांसदको रूपमा रहेको भन्दै उनले माओवादीले गरेको कारबाही गैरकानुनी भएको जिकिर गरेका छन् । 


 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise