२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

फणीन्द्र देवकोटाको मुद्दा न्यायाधीश राउतको इजलासमा

shivam cement
२०८१ असार ९ गते ११:४३
Shares
फणीन्द्र देवकोटाको मुद्दा न्यायाधीश राउतको इजलासमा

काठमाडौँ । गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको छ । उनले आफूमाथि कारबाही गरिएको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । 

देवकोटालाई माओवादी केन्द्रले आफ्नो सांसद भएको दाबी गर्दै कारबाही गरेको थियो ।  सांसद देवकोटाले गण्डकी प्रदेशमा माओबादी केन्द्रको ह्विपभन्दा बाहिर गएर मुख्यमन्त्री सुरेन्द्र पाण्डेको पक्षमा विश्वासको मत दिएका थिए ।

गोरखाबाट माओवादीको निर्वाचन चिह्नबाट निर्वाचित भएका देवकोटाले भने आफूलाई स्वतन्त्र सांसद भन्दै आएका छन् । बाबुराम भट्टराई नेतृत्वको दल नेपाल समाजवादी पार्टीमा आफू आबद्ध भएकाले स्वतन्त्र सांसदको रूपमा रहेको भन्दै उनले माओवादीले गरेको कारबाही गैरकानुनी भएको जिकिर गरेका छन् । 


 

ताजा खबर

सम्बन्धित खबर