२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

कांग्रेसको स्वास्थ्य विभागमा सदस्य मनोनयन

Nada
२०८१ पुष ११ गते १६:४३
Shares
कांग्रेसको स्वास्थ्य विभागमा सदस्य मनोनयन

काठमाडौंः नेपाली कांग्रेसले पार्टीको स्वास्थ्य विभागमा १० सदस्य मनोनयन गरेको छ ।

ncell

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा चन्द्रमोहन यादव प्रमुख रहेको उक्त विभागमा आज थप सदस्य मनोनयन गरेका हुन्।

सभापति देउवाले डा लक्ष्मीराज पाठक (कैलाली), डा मुक्तिराम श्रेष्ठ (अर्घाखाँची), डा अनिलकुमार झा (सप्तरी), डा सुमन कर्माचार्य (रामेछाप), डा सुशीलनाथ प्याकुरेल (ललितपुर), श्यामचन्द्र यादव (धनुषा), ईश्वर कार्की (झापा), विष्णुप्रसाद भट्टराई (स्याङ्जा), पुजा फुयाल (सोलुखुम्बु) र वुधिसरा सुनुवार (सुर्खेत)लाई सदस्य पदमा मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

ताजा खबर

सम्बन्धित खबर