२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीको रिटमा सुनुवाइ हुँदै

ADV
मध्यान्ह
२०८१ असार ९ गते १२:२१
कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटको आज सुनुवाइ हुँदैछ । निवर्तमान मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्ति खारेजी र आफूलाई पुनर्बहाली गर्न माग गर्दै दायर दायर गरेका थिए । 

जेठ ३१ गते भएको सुनुवाइ हेर्दा हेर्दैमा सकिएपछि आजका लागि पेशी तोकिएको थियो । उक्त रिट सुनुवाइका लागि नकुल सुवेदी, कुमार रेग्मी र अब्दुल अजिज मुसलमान सम्मिलित पूर्ण इजलासमा पेशी चढेको छ । 

जेठ ३१ गतेको सुनुवाइमा वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, शम्भु थापा, बद्रीबहादुर कार्की, हरिहर दाहाल, ललित बस्नेत शतिसचन्द्र खरेल, अपूर्व खतिवडाले बहस गरेका थिए । बिहीबार निवेदकका तर्फका कानून व्यवसायीको तर्फबाट मात्रै बहस भएको थियो । अब प्रतिवादीका तर्फबाट बहस हुनेछ ।

मुख्यमन्त्री हिक्मत कार्कीले वैशाख २७ गते एमाले-माओवादीका सांसदहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएर विश्वासको मतसमेत पाइसकेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise