२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

संघीय संसदअन्तर्गत दुई समितिको बैठक बस्दै

draupadi film
मध्यान्ह
२०८१ पुष १२ गते ११:२८
संघीय संसदअन्तर्गत दुई समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत आज दुई समितिको बैठक बस्ने भएको छ । शुक्रबार प्रतिनिधि सभाअन्तर्गतका राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागिएको हो । 

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ताहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठक कानुन समितिको सभाकक्षमा दिनको १२ः१५ बजे बस्दै छ । 

यस्तै, पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ताहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठक कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा बिहान ११ः०० बजे बस्दै छ । 

ADV

सम्बन्धित खबर

Advertise