२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

रास्वपाको सचिवालय बैठक बस्दै 

draupadi film
मध्यान्ह
२०८१ पुष १२ गते १२:०९
रास्वपाको सचिवालय बैठक बस्दै 

काठमाडौंः आज राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्ने भएको छ । शुक्रबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा सचिवालय बैठक बस्न लागेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । 

बैठकमा मुलुकको समसामयिक राजनीति परिस्थिति, केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समिति बैठकको तयारी लगायत विविध विषयमा छलफल हुनेछ । हाल पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल रहेका छन् ।

पार्टी सभापति रवि लामिछानेविरुद्ध मुद्दा दायर भएपछि लामिछानेको ईच्छाअनुसार यही पुस ८ गते बसेको रास्वपाको बैठकले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो । 
 

ADV

सम्बन्धित खबर

Advertise