२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

गृहमन्त्रीलाई कांग्रेसको प्रश्न : जीवी राईलाई भगाउन खोजेको हो ? 

ADV
मध्यान्ह
२०८१ असार ९ गते १३:१८
गृहमन्त्रीलाई कांग्रेसको प्रश्न : जीवी राईलाई भगाउन खोजेको हो ? 

काठमाडौँ । नेपाली कांग्रेस सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा प्रहरीले खोजी गरिरहेका जीवी राईको लोकेसन पत्ता लागिसक्यो भन्ने गृहमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न उठाएका छन् । 

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै शर्माले गृहमन्त्रीले चितवनमा दिएको अभिव्यक्तिबारे प्रश्न उठाएका हुन् । लामिछानेले चितवनमा पुगेर जीवी राईको लोकेसन पत्ता लागिसकेको दाबी गरेका थिए ।

सांसद शर्माले भने, ‘सहकारी ठगीमा फरार भएको व्यावसायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजीले गिरफ्तार गर्नुपर्छ । लोकेसन पत्ता लागिसक्यो भनेर माइकबाट फुक्नुको अर्थ के हुन्छ ? अभियुक्त पक्रिने नयाँ शैली हो कि भगाउने नियत हो ?’

गोर्खा मिडियाका तत्कालीन दुई जना मालिकमध्ये एक जना फरार रहेको र अर्का गृहमन्त्री रहेको भन्दै उनले यस्ता अभिव्यक्तिले अनुसन्धान प्रभावित हुने बताए । शर्माले गृहमन्त्री लामिछानेलाई आफ्नो व्यावसायिक साथीलाई भगाउने नियत त होइन भन्ने ? भनेर प्रश्न समेत गरेका छन् । 


 

ADVADV

सम्बन्धित खबर

Advertise