२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

सखुवा प्रसौनी गाउँलिकाका पूर्वअध्यक्ष जयसवाललगायत हजारौं एमालेमा प्रवेश

Nada
२०८१ पुष १४ गते १५:१४
Shares
सखुवा प्रसौनी गाउँलिकाका पूर्वअध्यक्ष जयसवाललगायत हजारौं एमालेमा प्रवेश

पर्सा : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पर्साको सखुवा प्रसौनी गाउँलिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाललगायतलाई आज एमालेमा प्रवेश गराएका छन् ।

ncell

एमालेको पर्सा जिल्ला कमिटीद्वारा सो गाउँपालिकाको वडा नम्बर २, औराहा पञ्चगावामा आयोजित बृहत् पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा जयसवालसहित करिब पाँच हजार नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । जयसवाल यसअघि जनता समाजवादी पार्टी नेपालमा थिए । कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य उर्मिला महतो, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबाट पनि एमालेमा प्रवेश भएको थियो । 

कार्यक्रममा पर्सावासीका तर्फबाट जिल्लाको क्षेत्र नम्बर ३ का संघीय सांसद एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री ओलीको नागरिक अभिनन्दन गरेका थिए ।

कार्यक्रममा एमालेको मधेश प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठ, नेताहरु पुरुषाेत्तम पौडेल, हरि उप्रेती, प्रभु हजारा सुमनराज प्याकुरेल, ज्वालाकुमारी साह,  मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्री सरोज यादव, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाललगायत सहभागी थिए ।

सम्बन्धित खबर