काठमाडौं : एसिया कप २०२० पनि सर्ने सम्भावना बढेको छ । कोरोना भाइरसको महामारिका कारण अधिकाम्स प्रतियोगिताहरु स्थगन भइरहेका बेला सेप्टेम्बरमा आयोजना हुने एसिया कप पनि स्थगित हुने आंकन गरिएको छ ।
पाकिस्तानले युएईमा आयोजना गर्ने एशिया कपको विषयमा एसीसीको बैठक समेत स्थगित भइसकेको छ । अब शुक्रबार बस्ने आईसीसीको बैठकमा एशियाकप आयोजना गर्ने विषयमा छलफल हुने जनाइएको छ । आईसीसीको भिडियो कन्फ्रेन्समार्फत बैठक बस्दै छ ।
कोरोना भाइरसको त्रासका कारण यसअघि बैठक स्थगित गरिएको थियो । बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीलले एसियाकपमा भारतले खेल्ने बताउँदै पाकिस्तानको साटो युएईमा प्रतियोगिता हुने बताएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies