एजेन्सी : चीनको शिन्चेन बिरालो तथा कुकुरको मासु खान प्रतिवन्ध लगाउने पहिलो शहर बनेको छ । कोरोना भाइरसको संक्रमण जंगली जनावरको मासुबाट फैलिएको हुन सक्ने देखिएपछि शिन्चेनले बिरालो तथा कुकुरको मासुमा प्रतिवन्ध लगाएको हो ।
कोरोना भाइरस जंगली जनावरको मासुबाट मानिसमा सरेको देखिएपछि चीन सरकारले जंगली जनावरको मासुमा यसअघि नै प्रतिवन्ध लगाइसकेको छ । शिन्चेन शहरले भने घर पालुवा बिरालो तथा कुकुरको मासु पनि खान नपाउने नियम ल्याएको हो ।
यो कानून मे एकदेखि कार्यान्वयनमा आउने बताइएको छ । एक अध्ययन अनुसार एसियामा प्रति वर्ष मासुका लागि तीन करोड कुकुर मारिन्छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies