काठमाडौं : सिरान टेक्नोलोजीले काठमाडौं प्रेस अनलाइनमा प्रकाशित समाचार बेवसाइटवाट हटाएको स्वीकार गरेकोछ । एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै सिरान टेक्नोलोजीका प्राविधिकहरुले काठमाडौं प्रेसमा प्रकाशित समाचारको लिंक डिलिट गरेको स्वीकार गरेका हुन् ।
काठमाडौं प्रेस अनलाइनमा प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अस्गर अलीसहित उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलका छोरा स्वराज र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका छोरा क्षितिज रिमाल संलग्न भएर चीनबाट महंगोमा स्वास्थ्य उपकरण ल्याइएको दाबी गर्दै समाचार प्रकाशित गरेको थियो ।
सो समाचार हटाइएपछि प्रेसमाथि हस्तक्षेप भएको भन्दै विभिन्न संघसंस्थाले कारवाहीको माग गर्दै आएका छन । घटनामा प्रधानमन्त्रीकै सूचना प्रविधि विज्ञको संलग्नता हुनुबाट सरकारप्रति सन्देह उत्पन्न भएको भन्दै सम्पादकहरुले सामूहिक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका थिए ।
सिरान टेक्नोलोजी एफवान सफ्टको भातृ कम्पनी हो । एफवान एफ्ट प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अस्गर अली सेयर साझेदार रहेको संस्था हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies