काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई सँगै राखेर भ्रष्टाचारका कुन-कुन काण्डको फाइल खोल्ने भन्ने विषयमा छलफल गर्नुपर्ने बताएका छन् ।
बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले भ्रष्टाचारका कुन-कुन काण्डको फाइल खोल्ने हो प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीद्वय देउवा र प्रचण्डको उपस्थितिमा निर्णय गर्नुपर्ने बताएका हुन् ।
सबै जसो नेता कुनै न कुनै भ्रष्टाचारमा संलग्न रहेको नागरिकका भ्रम परेकाले एकीकृत रूपमा समाधान खोज्नुपर्नेमा उनले जोड दिए ।
सरकारमा रहँदा मौन बस्ने र सरकारबाट बाहिरिएपछि भ्रष्टाचारको फाइल खोल्ने तयारी भएको धम्की शीर्ष नेताले दिने गरेको भन्दै छलफल शीर्ष नेतृत्व तहमै हुनुपर्ने बताए ।