पल्लव पन्त
सन् २०११ को जनगणना अनुसार नेपालमा १.९५५ अपांगता भएका व्यक्तिहरू छन् भनिरहँदा प्रमाणित भएका र प्रमाणित हुन वाँकि विभिन्न खालको प्रकोप, विपद्, घटना, दुर्घटनाबाट भएको क्षति र मानवमा परेको असरले गर्दा जनसंख्याको १०५ मा अपांगता रहेको छ भन्ने गरिन्छ । जुन ३० लाखको हाराहारीमा हुन्छ । अपांगता भएका व्यक्तिहरू सधैँ नै संकटको अवस्थामा हुन्छन् । उनीहरूको विभिन्न क्षेत्रमा पहुँच एकदम न्युन हुन्छ भने गरिबी र अपांगता एक अर्कासँग जोडिएको हुन्छ । अपांगता भएका महिला, बालबालिका, दलित र आदिवासी जनजातिहरूको नेपालमा अवस्था झनै दयनीय छ ।
नेपालमा अहिले कोभिड १९ जस्तो महामारीको अवस्थामा के अपांगता भएका व्यक्ति र उनीहरूका परिवारले सही सूचना पाइरहेका छन् ? के अपांगता भएकाहरूले दैनिक उपभोगका सामान सहज रूपमा पाइरहेका छन् ? के औषधि र अन्य अत्यावश्यक सहायक सामग्री सहज छ ?
अहिलेको अवस्थामा माथि उल्लेखित कुराहरू सहज छैन । न दैनिक उपभोगका सामान सहज छ न त औषधि र सहायक सामग्री नै न त सूचना नै पहुँचयुक्त छ । यसको मुख्य कारणमा हाम्रो सामाजिक संरचना र अपांगता भएका व्यक्तिहरू हेर्ने दृष्टि नै हो । अपांगता भएका व्यक्तिको अपांगता अनुसार नै छुट्टाछुट्टै आवश्यकता हुने गर्दछ । सबै खाले अपांगतालाई एउटै रूपमा हेर्नुहुँदैन । अझ विपद्को बेला विशेष हेरचाह र सहयोग जरुरी हुन्छ । अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को अनुसूची ले अपांगताको परिभाषा तथा अपांगताका प्रकारहरूको यसरी परिभाषित गरेको छ यसबाट विभिन्न खालको अपांगता र उनीहरूको आवश्यकता बुझ्न मद्दत गर्छ ।
अपांगताको वर्गीकरण
शारिरीक अंग वा प्रणालीमा भएको समस्या तथा कठिनाइको आधारमा अपांगता भएका व्यक्ति
१. शारिरीक अपांगताः स्नायु, मासंपेशी र जोर्नी तथा हड्डीको बनावट एवं सञ्चालनमा समस्या भएको कारणबाट कुनै व्यक्तिको अङ्गको सञ्चालन, प्रयोग र हिँडडुलमा समस्या (जस्तैः बाल पक्षघात (पोलियो), शारीरिक अङ्गबिहीन, कुष्ठ प्रभाव, मांसपेशी विचलन (मस्कुलर डिस्ट्रोफी), जोर्नी र मेरूदण्ड सम्बन्धी स्थायी समस्या, क्लवफीट पैँताला फर्केको, रिकेट्स हड्डी सम्बन्धी समस्याका कारण उत्पन्न अशक्तता) तथा सोह्र वर्ष उमेर पुगेको व्यक्तिमा उमेर बमोजिम हुनुपर्ने औसत उचाइभन्दा ज्यादै कम उचाइ भएको व्यक्ति ।
२. दृष्टि सम्वन्धी अपांगताः दृष्टि सम्बन्धी देहायको समस्याबाट कुनै व्यक्तिमा कुनै पनि वस्तुको आकृति, आकार, रूप र रङ्गको ज्ञान नहुने,
(क) दृष्टिविहीनताः औषधि, शल्यचिकित्सा, चस्मा वा लेन्सको प्रयोगबाट पनि दुवै आँखाले हातको औँला दश फिटको दूरीबाट छुट्टाउन नसक्ने वा स्नेलेन चार्टको पहिलो लाइनको अक्षर (३र६०) मा पढ्न नसक्ने व्यक्ति ।
(ख) न्यून दृष्टियुक्तः औषधि, शल्यचिकित्सा, चस्मा वा लेन्सको प्रयोगबाट पनि बीस फिटको दूरीबाट हातको औंला छुट्याउन नसक्ने वा स्नेलेन चार्टको चौथो लाइनको अक्षर (६र१८) मा पढ्न नसक्ने ।
(ग) पूर्ण दृष्टिविहीनः पूर्ण रूपमा उज्यालो वा अँध्यारो छुट्याउन नसक्ने व्यक्ति ।
३. सुनाईसम्बन्धी अपांगतास् सुनाइका अङ्गको बनावट एवं स्वरको पहिचान, स्थान, उतारचढाव तथा स्वरको मात्रा र गुण छुट्याउन नसक्ने व्यक्ति
(क) बहिराः असी डेसिवलभन्दा माथिको ध्वनि सुन्न
नसक्ने वा सञ्चारका लागि साङ्केतिक भाषा प्रयोग गर्नुपर्ने व्यक्ति ।
(ख) सुस्तश्रवणः सुन्नलाई श्रवण यन्त्र राख्नुपर्ने वा पैँसठीदेखि असी डेसिवलसम्मको ध्वनि सुन्न सक्ने व्यक्ति ।
४. श्रवण दृष्टिविहीन अपांगताः सुनाइ सम्बन्धी र दृष्टिसम्बन्धी दुवै अपांगता भएको वा दुईवटा इन्द्रिय सम्बन्धी अपांगताको संयुक्त अन्तरक्रिया रहेको व्यक्ति ।
५. श्वर र बोलाइ सम्वन्धी अपांगताः श्वर र बोलाइ सम्वन्धी अङ्गमा उत्पन्न कार्यगत सीमितताका कारण तथा बोल्दा स्वरको उतार चढाबमा कठिनाइ, बोली स्पष्ट नहुने, बोल्दा शव्द वा अक्षर दोहोर्याउने व्यक्ति ।
६. मानसिक वा मनोसामाजिक अपांगताः मस्तिष्क र मानसिक अङ्गमा आएको समस्या तथा सचेतना, अभिमुखीकरण, स्फूर्ति, स्मरणशक्ति, भाषा, गणनाजस्ता बौद्धिक कार्य सम्पादनका सन्दर्भमा आउने समस्याको कारणले उमेर र परिस्थिति अनुसार व्यवहार गर्न समस्या हुने अवस्थाको व्यक्ति ।
७. बौद्धिक अपांगताः उमेरको वृद्धिसँगै वौद्धिक सचेतनाको विकास हुन नसकी बौद्धिक विकास नभएका कारणले उमेर वा वातावरणमा सापेक्ष क्रियाकलाप गर्न समस्या हुने अवस्थाको व्यक्ति । (जस्तोः डाउन्स सिन्ड्रोम समेत)
८. अनुवंशीय रक्तश्राव (हेमोफिलिया) सम्बन्धी अपांगताः अनुवंशीय असरका कारण रगतमा हुने फ्याक्टरमा विचलन आई रगत जम्ने कार्यमा समस्या उत्पन्न हुने शारीरिक अवस्थाको व्यक्ति ।
९. अटिजमसम्बन्धी अपांगताः जन्मजात नशा वा तन्तुको विकास र सोको कार्यमा आएको समस्या भएको व्यक्ति । (जस्तोः सञ्चार गर्न, सामान्य सामाजिक नियम वुझ्न र प्रयोग गर्न कठिनाई हुने तथा उमेरको विकाससँगै सामान्य व्यवहार नदेखाउनु, अस्वभाविक प्रतिक्रिया देखाउनु, एउटै क्रिया लगातार दोहोर्यारहनु, अरूसँग घुलमिल नहुनु वा तीव्र प्रतिक्रिया गर्ने व्यक्ति)
१०. बहुअपांगताः एउटै व्यक्तिमा माथि उल्लिखित दुई वा दुईभन्दा वढी प्रकारका अपांगताको समस्या भएको व्यक्ति । (जस्तैः मस्तिष्क पक्षघात आदि)
माथी उल्लेखित अपांगताको वर्गीकरणबाट हामीले के थाह पाउन सक्छौं भने अपांगता भएका व्यक्तिहरू तथा उनीहरूका परिवारलाई विपदको बेलामा अरुलाई भन्दा धेरै नै असर गर्छ । अझ अशक्तताको गम्भीरताका आधारमा अपांगताको वर्गीकरण गरिएको छ ।
(१) पूर्ण अशक्त अपांगताः आफ्नो दैनिक क्रियाकलाप सम्पादन गर्न निरन्तर रूपमा अरुको सहयोग लिँदा पनि कठिनाइ हुने अवस्थाको व्यक्ति ।
(२) अतिअशक्त अपांगताः वैयक्तिक क्रियाकलाप सम्पादन गर्न तथा सामाजिक क्रियाकलापमा संलग्न हुन निरन्तर रूपमा अरुको सहयोग लिनुपर्ने अवस्थाको व्यक्ति ।
(३) मध्यम अपांगताः भौतिक सुविधा, वातावरणीय अवरोधको अन्त्य, शिक्षा वा तालिम भएमा अरुको सहयोग लिई वा नलिई नियमित रूपमा आफ्नो दिनचर्या र सामाजिक क्रियाकलापमा सहभागी हुन सक्ने अवस्थाको व्यक्ति ।
(४) सामान्य अपांगताः सामाजिक तथा वातावरणीय अवरोध नभएमा नियमित रूपमा आफ्नो दिनचर्या र सामाजिक क्रियाकलापमा सहभागी हुन सक्ने अवस्थाको व्यक्ति ।
सम्पूर्ण सरोकारवाला निकायहरूले के वुझनु पर्ने जरुरी देखिन्छ भने अहिलेको परिस्थतिमा अपांगता भएका व्यक्तिहरू पूर्ण जोखिममा रहेका छन् । उनीहरूमा चेतनाको कमि त छँदै छ त्यसमा भन्दा पनि महत्वपूर्ण कुरा अपांगता भएका व्यक्तिहरू मा कुनै पनि मिल्दो जुल्दो लक्षण देखियो भने पनि त्यसाई सम्बन्धित निकायमा पु¥याउने सक्ने अवस्था धेरै नै कम छ ।
अपांगता समावेसी विपद् व्यवस्थापन कस्ले सहयोग गर्न सक्छ त ?
पहिलो सहयोगी परिवारका सदस्यहरू हुन् । विषेश पूर्ण अशक्त अपांगता र अति अशक्त अपांगता भएका व्यक्तिहरूको हकमा आमा, बाबु वा प्रत्यक्षरूपमा पालनपोषणमा संलग्न व्यक्तिलाई परिवारका सदस्यहरूले जाने अनुसार सहयोग गर्नुपर्छ । अहिलेको अवस्थामा स्थानीय तहको ठूलो भूमिका छ । स्थानीय तहले अपांगता भएका व्यक्तिहरूको तथ्यांक पहिलेदेखि नै रहेको छ भने के–के आवश्यक छ त्यस्को जोहो गर्नै । स्थानीय स्वास्थ संस्था र अन्य सरोकारवाला निकायसँग मिलेर जोखिमको प्रकृतिका साथै त्यसको स्तर वा मात्रा निर्धारण गर्ने । अपांगता भएका व्यक्तिहरू र परिवारमा दैनिक उपभोग्य सामग्री र औषधिहरूको अवस्था बुझने, अभाव भएमा पुर्याउन मद्दत गर्ने । लकडाउन पछिको उनिहरूको स्थिति झन् कठिन हुन सक्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies