२०८२ चैत १४ गते शनिवार / Mar 28 , 2026 , Saturday
२०८२ चैत १४ गते शनिवार
Ads

ओली पक्राउको विरोधमा एमाले नेता महरको विरोध

himalayanlife
सत्यराज सिंह
२०८२ चैत १४ गते २०:०५
Shares
ओली पक्राउको विरोधमा एमाले नेता महरको विरोध

काठमाडौं : प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले सरकारको पछिल्लो कदमप्रति कडा असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा व्यक्त गर्दै उनले प्रतिशोध र पूर्वाग्रहमा आधारित राजनीतिक अभ्यासले लोकतन्त्रलाई कमजोर बनाउने चेतावनी दिएका हुन् ।

महरले निषेधको राजनीतिले देशलाई द्वन्द्व र अस्थिरतर्फ धकेल्ने उल्लेख गर्दै वर्तमान सरकारको शैलीप्रति गम्भीर आपत्ति जनाएका छन् । उनले बालेन शाह नेतृत्वको सरकारलाई ‘होसमा आउन’ आग्रह गरेका छन् ।

त्यस्तै, उनले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अविलम्ब रिहा गर्न माग गर्दै त्यसो नगरे वर्तमान सरकारको ‘दिनगन्ती सुरु हुने’ चेतावनी दिएका छन् ।

ताजा खबर

सम्बन्धित खबर