२०८२ चैत १४ गते शनिवार / Mar 28 , 2026 , Saturday
२०८२ चैत १४ गते शनिवार
Ads

वसन्त काव्यगोष्ठी २०८२ सम्पन्न, तीन स्रष्टा सम्मानित

himalayanlife
२०८२ चैत १४ गते १६:२३
Shares
वसन्त काव्यगोष्ठी २०८२ सम्पन्न, तीन स्रष्टा सम्मानित

काठमाडौंः वसन्त काव्यगोष्ठी २०८२ सम्पन्न भएको छ । अक्षरमार्गको आयोजनामा भएको काव्यगोष्ठीमा तीन स्रष्टा सम्मानित भएका छन् । 

सम्मानित हुनेमा पत्रकार तथा लेखक सुकृत नेपाल, कवि हरिसुन्दर छुकाँ र साहित्यिकार मन्जुश्री प्रधान रहेका छन् । 

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि कवि तथा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपतिलाई विष्णु विभु घिमिरे, विशिष्ट अतिथि कवि स्नेह सायमी, कवि सूर्यप्रसाद लाकोजूले सम्मान अर्पण गरेका थिए । 

सम्मानित स्रष्टाहरूलाई सम्मान पत्र, दोसल्ला, टीका, नगदसहित सम्मान गरिएको थियो । काव्यगोष्ठीमा ससम्मान दुई दर्जन कविका सिर्जना पनि सुनाइएको थियो ।  
 

ताजा खबर

सम्बन्धित खबर