२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

एमालेका पूर्व सभासद मल्ल बलात्कार आरोपमा पक्राउ

Nada
२०८२ चैत १४ गते १५:५०
Shares
एमालेका पूर्व सभासद मल्ल बलात्कार आरोपमा पक्राउ

काठमाडौंः नेकपा एमालेका पूर्व सभासद कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ परेका छन् । पूर्व संविधान सभा सदस्य रहेका उनी एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । 

ncell

मुगुको सोरु गाउँपालिका–१० घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्दै आएका मल्ललाई शनिबार प्रहरीले ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरेको हो । 

एक महिलाले फागुन ५ गते मल्लले आफूमाथि करणी गरेको भनि निवेदन दिइकी थिइन् । सोही आधारमा उनलाई पक्राउ परिएको प्रहरीले जनाएको छ ।  


 

सम्बन्धित खबर