२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सरकारी छाप र दस्तखत किर्ते मुद्दाका दोषी पक्राउ

ADV
मध्यान्ह
२०८१ असार १० गते १२:१९
सरकारी छाप र दस्तखत किर्ते मुद्दाका दोषी पक्राउ

काठमाडौँ । सरकारी छाप तथा दस्तखत कीर्तेमा दोषी विकास राउतलाई पक्राउ गरिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभुका ३७ राउतलाई पक्राउ गरेको हो । 

राउतलाई ५ वर्ष १५ दिन कैद र २५ रुपैयाँ जरिवाना सजाय सुनाइएको थियो । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

सरकारी छाप दस्तखत कीर्तेमा काठमाडौं जिल्ला अदालतले २६ पुस २०६६ मा उनलाई दोषी ठहर गरेको थियो ।  दोषी ठहर भएदेखि नै उने फरार रहेका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise