२०८१ पुष २२ गते सोमवार / Jan 06 , 2025 , Monday
२०८१ पुष २२ गते सोमवार
Ads

सरकारका अवयवहरूले नै घुस खाइरहेका छन् : मन्त्री गुरुङ

ADV
मध्यान्ह
२०८१ पुष २० गते १५:४७
सरकारका अवयवहरूले नै घुस खाइरहेका छन् : मन्त्री गुरुङ

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारका अवयवहरूले नै घुस खाइरहेको टिप्पणी गरेका छन् । 

दिगो पर्यटन सहकारीको साधारण सभाको शनिवार उद्घाटन गर्दै मन्त्री सुब्बाले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म पनि घुस खान्न, कसैलाई घुस खान दिन्नँ’ भनेपनि सरकारका अवयवहरूले नै घुस खाइरहेको र जनताले घुस दिनु परिरहेको बताएका हुन् ।

उनले आफूले वर्तमान सरकारको मन्त्रीको रूपमा पाँच महिना बस्दा सबैभन्दा ठूलो समस्या सुशासन पाएको बताए । मन्त्री गुरुङले देशमा सुशासन नभएको र सबैतिर अस्तव्यस्त र भद्रगोल तरिकाले चलिरहेको बताए । 

‘मैले पाँच महिना काम गर्दा सबैभन्दा ठूलो समस्या सुशासनको भएको पाएँ । यहाँ सुशासन नै छैन । सबै ठाउँमा अस्तव्यस्त र भद्रगोल छ । सुशासनका जे–जे आयमहरू छन्, त्यसलाई राम्रोसँग समातेर गइयो भने अहिलेका समस्याहरू समाधान हुनथाल्छन्,’ उनले भने ।
मन्त्री गुरुङले देशको अर्थतन्त्रको विभिन्न सेक्टर लथालिङ्ग र भताभुङ्ग रहेको पनि टिप्पणी गरे ।

प्रधानमन्त्री ओली नेतृत्वमा बनेको सरकारले ५ महिनामा केहीपनि काम गर्न नसकेको उनको दाबी छ । मन्त्री गुरुङले पाँच महिनामा सरकारले यो–यो गरेको छ भनेर देखाउने केही पनि उपलब्धी नरहेको बताए ।

सरकारका प्रवक्तासमेत रहेका गुरुङले भने, ‘अहिले देश चरम संकट र बेथितिमा छ । यतिधेरै अराजकता, यतिधेरै अस्तव्यस्थता अहिले छ ।’
उनले नयाँ व्यवस्था र पुरानो शैलीको काम गर्ने कर्मचारीतन्त्रले अन्तरद्वन्द्व सिर्जना गरेको दाबी गरे । उनले काम गर्न सरकारको विभिन्न निकायबीच समन्वयको अभाव रहेको पनि बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise