२०८१ पुष २२ गते सोमवार / Jan 06 , 2025 , Monday
२०८१ पुष २२ गते सोमवार
Ads

रास्वपाले संविधान संशोधनबारे रणनीति बनाउने

ADV
मध्यान्ह
२०८१ पुष २० गते १७:२७
रास्वपाले संविधान संशोधनबारे रणनीति बनाउने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनबारे धारणा बनाउने भएको छ । 

केन्द्रीय समितिको शनिवारदेखि सुरु भएको दुईदिने बैठकमा पार्टीको वर्तमान राजनीतिक रणनीति, समसामयिक विषयहरू, संगठन सबलीकरण र जनपक्षीय मुद्दाका विषयमा छलफल भएको छ ।

आइतबारसम्म चल्ने बैठकमा सभापति रवि लामिछानेमाथि भएको राजनीतिक आक्रमण र प्रतिशोधका घटनाबारे पनि गहन छलफल भएको छ । 

सभापति लामिछानेमाथि राजनीतिक दलहरूबाट प्रतिशोध साँधिएको निष्कर्ष बैठकले गरेको छ । बैठकमा स्थानीय तहको उपनिर्वाचनका विषय, सहकारी समस्या समाधान, र सहकारी ठगी नियन्त्रणबारे समेत विचारविमर्श भइरहेको छ ।

बैठकले संविधान संशोधनका विषयमा पार्टीको धारणा र रणनीति तय गर्ने निर्णय पनि गर्नेछ ।  बैठकले संविधान संशोधनबारे दलको धारणा तय गर्ने सांसद गणेश पराजुलीले बताए । 

संगठनको भावी रणनीति, संगठन सबलीकरणका बारेमा पनि छलफल हुने उनले बताए ।

उनले भने, ‘राजनीतिक घटनाक्रमअन्तर्गत रहेर पार्टीलाई विषम परिस्थितिमा अप्ठ्यारो अवस्था सिर्जना भइरहेको छ । पार्टी सभापतिमाथिको आक्रमण, राजनीतिक प्रतिशोध साँधिएको छ । पार्टीलाई कमजोर बनाउन लागि परेका छन् । जनपक्षीय मुद्दालाई सशक्त रूपमा अघि बढाउनु रास्वपाको जिम्मेवारी छ ।’ 

बैठकले सरकारले ल्याएको सहकारी सम्बन्धी अध्यादेश आफ्नो पार्टीका सभापति लामिछानेलाई अप्ठ्यारो पार्ने गरी ल्याइएको बताएको छ ।

‘सहकारीको समस्या समाधान गरेर पीडितलाई न्याय दिने र सहकारी ठगलाई कठघरामा उभ्याउने गरी काम गर्नुपर्ने बेलामा अध्यादेशमार्फत सरकारले आफू र आफू नजिककालाई बचाउने र सहकारीलाई अझ धराशायी बनाउने प्रक्रियामा भूमिका खेलेको छ,’ बैठकपछि कार्कीले भने ।
 

ADVADV

सम्बन्धित खबर

Advertise