२०८१ पुष २२ गते सोमवार / Jan 06 , 2025 , Monday
२०८१ पुष २२ गते सोमवार
Ads

सरकारलाई प्रभावकारी बनाउन कांग्रेसको संयन्त्र कमजोर देखियो : नैनसिंह महर

ADV
मध्यान्ह
२०८१ पुष २० गते १९:३८
सरकारलाई प्रभावकारी बनाउन कांग्रेसको संयन्त्र कमजोर देखियो : नैनसिंह महर

पोखरा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेकपा एमालेसँगको गठबन्धन सरकार सञ्चालनका लागि पार्टीबाट बनेको संयन्त्रले पर्दा पछाडिबाट प्रभावकारी काम गर्न नसकेको बताएका छन् । नेपाल मुस्लिम संघको दोस्रो गण्डकी प्रदेश अधिवेशनलाई आज पोखरामा सम्बोधन गर्दै नेता महरले उक्त कुरा बताएका हुन् ।

कांग्रेसको सरकार सञ्चालनका लागि बनेको संयन्त्रले पर्दा पछाडि प्रभावकारी काम गर्न नसकेको र त्यसलाई गतिशील बनाउनुपर्ने उनले औंल्याए । 'आम कार्यकर्ता र जनताको भावनामा रहेको संयन्त्रले काम गर्न सकेको छैन । कांग्रेसको ओज र स्टेन्थलाई बराबर राख्न संयन्त्रले बढी ध्यान दिनुपर्छ । टुलुटुलु हेरेर बस्नु भएन। कांग्रेसको ओज घटाउन हुन्न भनेर गभ्मीर बन्नुपर्‍यो,' कार्यक्रमका प्रमख अतिथि रहेका महामन्त्री गगन कुमार थापाप्रति इंगित गर्दै महरले भने ।

गठबन्धन र देशको भावना विपरित कुरामा कांग्रेसको संयन्त्रले सरकारसँग डिभेड गर्न सक्नुपर्ने उनको भनाइ छ । 'सरकारसँग संयन्त्रले धेरै डिभेड गर्न नसकेको देशभरका साथीहरूको ठम्याइ छ । त्यसैले कांग्रेसको ओज र स्थितिलाई मध्यनजर गर्दै सम्मानको शक्ति सन्तुलन हुनुपर्छ । यसमा शीर्ष नेतृत्वको ध्यान पुगोस्,' उनले भने ।

यसका साथै समावेशीताको पूर्ण कार्यान्वयनका संविधानको अक्षरश: पालना हुनुपर्ने महरले बताएका छन् । संविधानले सबै जातजाति, समुदायका मानिसको अधिकार सुनिश्चित गरेको बताउँदै महरले त्यसको सफल कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

'संघीयताभित्रको समावेशीता कार्यान्वयनका लागि संविधानको अक्षरश: पालना हुनुपर्छ । आवश्यक कानुन तयार पारिनुपर्छ । त्यसका लागि कांग्रेसले पहल कदमी चाल्नुपर्छ । समावेशीताको आसय र मानसिकता अनुसार राजनीतिक दलहरूले काम गर्नुपर्छ,' उनले भने । उनले यस्तो गर्न सके मात्र सबैलाई संघीयता र समावेशीताप्रतिको विश्वास बढ्ने बताएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise