काठमाडौं : तराई वैदेशिक रोजगार व्यवसायी समाजको अध्यक्षमा नवलकिशोर यादव पुनः निर्वाचित भएका छन् । शनिबार राजधानीमा सम्पन्न समाजको साधारणसभाले सान नेपाल प्रा. लि.का संचालक यादवलाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित गरेको हो ।
उनी यसअघि समाजको तदर्थ कार्यसमितिका पनि अध्यक्ष थिए । साधारणसभाले समाजका अन्य पदाधिकारी तथा सदस्यहरू पनि सर्वसम्मतिले चयन गरेको छ । जसअनुसार समाजको प्रथम उपाध्यक्षमा अख्तर हुसेन, द्वितीय उपाध्यक्षमा राजेश्वरकुमार राय, तृतीय उपाध्यक्षमा कामेश्वर शाह, महासचिवमा दिनेशकुमार राय, सचिवमा श्यामसुन्दर शाह, कोषाध्यक्षमा सविताकुमारी सिंह निर्वाचित भएका छन् ।
समाजको कार्यसमिति सदस्यहरूमा आनन्द चौधरी, ओमप्रकाश शाह, रामबाबु महतो, अनवर अली मियाँ, राम एकबाल महतो, राजेश यादव, सुशीलकुमार कुशवाहा, भूपालप्रसाद साह, राजेश्वर यादव र मोहम्मद हजरत अली निर्वाचित भएका छन् ।